नेपाल आइडलबाट बाहिरिए संगीत

नेपाल आइडलबाट बाहिरिए संगीत

काठमाडौं : नेपाल आइडल–४ को बिहीबारको प्रस्तुति विशेष रह्यो। बिहीबार उत्कृष्ट १२ प्रतियोगीबाट एक प्रतियोगी बाहिरिने दिन। कार्यक्रमको सुरुवातमै केही ‘इमोसनल’ दृष्य देखियको थियो। ‘बटम थ्री’मा सुरेश लामा, सुमिन पाख्रिन र संगीत पौडेल परेका थिए र कार्यक्रमको अन्तिममा अघिल्लो हप्ताको प्रस्तुतिबाट कम भोट ल्याउने संगीत पौडेल नेपाल आइडलको मञ्चबाट बाहिरिए।

नेपाल आइडलको भब्य मञ्चमा बिहीबार उत्कृष्ट ११ मध्ये पाँच जनाले आ–आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमको सुरुमै ‘यी हल्लाहरू हुन तिमीले सुनेका’ भन्दै विश्वास जित्ने कोसिस गर्दै थिए, राजकुमार परियार। ‘मायालुलाई प्रतीक्षा गर’ भनेर अनुरोध गर्दै थिए, भूपेन्द थापामगर। सुरिलो स्वरमा ‘चिसो बतास’ बोलको गीत प्रस्तुत गरिन्, सुमिन पाख्रिनले। ‘जनम जनम जिउला सँगै’ बोलको गीतमा आफूलाई अब्बल प्रस्तुत गरे, सुरेश लामाले। प्रस्तुतिपछि उनले सबैको प्रशंसा कमाएका थिए। बिहीबारको कार्यक्रममा अन्तिम प्रस्तुति दिइन्, बेनिसा पौडेलले। उनले ‘फेरि आयो त्यो रात’ बोलको गीत गाइन्।  

अतिथि कलाकारका रुपमा कार्यक्रममा उपस्थित आनन्द कार्कीले आफ्ना केही चर्चित गीत प्रस्तुत गरेका थिए। अन्तिममा संगीत पौडेलले आँसु पुछ्दै ‘छम्मछम्म’ बोलको गीत गाउँदै कार्यक्रमबाट बाहिरिए। 

गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण भएको नेपाल आइडल–४ गाला राउन्डमा प्रवेशसँगै थप प्रतिस्पर्धात्मक बनेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार ‘गाला राउन्डमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिने छन्। ‘अबको निर्णय दर्शकको भोटमा नै निर्भर रहने छ’, उनले भने, ‘जसले उत्कृष्ट प्रदर्शन गरेर दर्शकको मन जित्छ ऊ नै नेपाल आइडल–४ को विजेता बन्नेछ।’ चैतको पहिलो हप्ता नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.