सन् २०२१ मा ५.५ बिलियन युरोको फ्रान्सेली स्याम्पेन बिक्री

सन् २०२१ मा ५.५ बिलियन युरोको फ्रान्सेली स्याम्पेन बिक्री

पेरिस : गत वर्ष अर्थात् सन् २०२१ मा मात्र करिब ५.५ बिलियन युरो बराबरको फ्रान्सेली स्याम्पेन बिक्री भएको छ । कोभिड-१९ महामारीको प्रतिबन्धका बाबजुद गत वर्ष सो रकम बराबरको मदिराको प्रकार फ्रान्सेली स्याम्पेन बिक्री भएको हो ।

स्याम्पेन निर्माता कम्पनीका अनुसार सन् २०२१ म करिब ३३२ मिलियन बोतल स्याम्पेन बिक्री भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत बढिले बिक्री भएको हो । कोभिड लकडाउनका बाबजुदसमेत विश्वभर २० प्रतिशत बढी फ्रान्सेली स्याम्पेन बिक्री भएको त्यहाँको स्याम्पेन व्यापार संगठनले जनाएको छ ।

‘लकडाउन र कोभिड' प्रतिबन्धको समयमा स्याम्पेनमार्फत घरमै कोरोना उपचार गर्ने र परिवारभित्रै रमाइलो गर्ने उदेश्यले ग्राहकको माग बढेको थियो । सोहि कारण गत वर्ष ठूलो मात्रामा स्याम्पेनको माग र  बिक्री बढेको हुनसक्छ,' सो संगठनले स्थानीय मिडियासँग भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.