भारतमा कोरोनाबाट एकैदिन ७०३ जनाको मृत्यु, करिब साढे तीन लाख संक्रमित थपप

भारतमा कोरोनाबाट एकैदिन ७०३ जनाको मृत्यु, करिब साढे तीन लाख संक्रमित थपप

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ७०३ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा मर्नेको यो संख्या उच्च हो।  यसअघि अक्टुबर २८ मा ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।

यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो।

यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ४७ हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन‍्। करिब साढे तीन लाख संक्रमित थपिदा २  लाख ५२ हजार ७७७ जना कोरोनामुक्त भएका छन्।

बिहीबार मात्रै ३ लाख बढीमा कोरोना संक्रमण देखिएको थियो। बुधबारको तुलनामा शुक्रबार २९ हजार ७२२ बढीमा संक्रमण देखिएको हो। भारतमा दैनिक संक्रमण दर १७.९४ प्रतिशत र साप्ताहिक संक्रमण दर १६.५६ प्रतिशत रहेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुगेको छ। हालसम्म कोरोनाबाट ४ लाख ८८ हजार ३९६ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या ९ हजार ६९२ पुगेको छ। बिहीबारको तुलनामा संक्रमण दर ४.३६ प्रतिशतले बढी हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.