कुखुरासहित ३ मोटरसाइकल बरामद

कुखुरासहित ३ मोटरसाइकल बरामद

मलंगवा : अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ३ सय किलो जिउँदो बोइलर कुखुरा सशस्त्र प्रहरीले सर्लाहीको संग्रामपुर नाकाबाट बरामद गरेको छ। प्रहरीको आँखा छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नंं १० गणको टोलीले कुखुरा बरामद गरेको छ। मोटरसाइकलमा झुण्ड्याएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले कुखुरा बरामद गरेको हो। गस्तीमा खटेको सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु मोटरसाइकल र कुखुरा छोडेर फरार भएको छ। 

कुखुरासहित बिआर ३० जे ६७२९, बिआर ०६ एसी ४२८३ र बिआर ३० टी १७५८ नम्बरको तिन मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। बरामद गरिएको कुखुरालाई बोर्डर आउट पोष्ट मलंगवामा ल्याई नष्ट गरिएको र मोटरसाइकललाई जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिएका छन्।

बेच्नका लागि तयारी अवस्थामा रहेको कुखुरालाई सरोकारबाला निकायको रोहबरमा खाल्डो खनि नष्ट गरिएको निरीक्षक कार्कीले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.