चीन, रुस र इरानद्वारा हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास
दुबईः चीन, रुस र इरानका नौसेनाले संयुक्तरुपमा सैन्य अभ्यास गर्ने भएका छन्। तिनै मुलुकका नौसेनाले शुक्रबारदेखि संयुक्त अभ्यास गर्ने भएका हुन्।
इरानको सैन्य बलले अर्ध सरकारी मिडिया आइएसएनएमार्फत् बिहीबार सो जानकारी दिएको हो। ‘२०२२ मेरिन सेक्युरिटी बेल्ट’ नाम दिइएको तिनवटै मुलुकको सो संयुक्त सैन्य अभ्यास हिन्द महासागरको उत्तरी क्षेत्रमा हुने बताइएको छ।
तीन देशका नौसेनाबीच हुन लागेको सो संयुक्त अभ्यास तेस्रो पटक हो। सो सैन्य अभ्यास आगामी चार दिनसम्म चल्ने बताइएको छ।