नुवाकाेटमा एकै दिन बढे ५४ संक्रमित
नुवाकोट : काठमाडौसंग जोडिएको नुवाकोटमा दैनिक रुपमा नयां भेरियण्टका कोरोना संक्रमितहरु वढिरहेका छन्। निको हुनेको तुलनामा संक्रमित हुनेहरु धेरै रहेको छन्।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ। जसमध्ये एकसय ३१ जना महिला रहेको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ५३ जनाको आरटिपिसिआर र ३७ जनाको एन्टिजेन परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४ जना मात्र कोरोना संक्रमित निको भएका छन्।
संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा १४ महिलासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सुर्यगढी, लिखु गाउँपालिकामा सात÷सात जना, शिवपुरीमा ५ जना, तादी गाउँपालिकामा सामान ४, किस्पाङमा तीन तथा वेलकोटगढीमा २ र पन्चकन्या गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल तीनहजार ५ सय १८ महिलासहित ८ हजार ६ सय ६४ जना पुगेको छ। नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ।
जसमध्ये ५१ जनाको मात्रै कोरोनाको दोश्रो भेरियण्टवाट ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोटमा हालसम्म २९ हजार ६ सय २० जनाको आरटिपिसिआर परिक्षण गरिएको छ।