मधेस प्रदेशमा १४ जनामा देखियो ओमिक्रोन भेरियन्ट
जनकपुरधाम: कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोमन मधेस प्रदेशशमा पनि देखिएको छ। मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो।
पछिल्लो केही दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमनको दर बढेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन्। बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो।
हालः यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। संक्रमितहरुमध्ये आइसीयुमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन्।