प्रतिस्पर्धामा नेपाल आइडल (भिडियोसहित)

प्रतिस्पर्धामा नेपाल आइडल (भिडियोसहित)

काठमाडौं :

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

हिजो, अस्ति देखेका सपना भुल्नै पर्छ प्रिया। दुःख अवश्य लाग्छ, आँसु पिएर भए पनि सम्हालिनु पर्छ । यस्तै आशयको प्रेमिल गीत सुनाउँदै आदेश पौडेलले शुक्रबारीय नेपाल आइडलको दैलो उघारे। वियोगान्त पीडाले भरिएको गीतले कार्यक्रममा उपस्थित हरेकलाई भावविभोर बनायो।

नेपाल आइडल–४ को शुक्रबारीय प्रस्तुति विशेष रह्यो। उत्कृष्ट ११ मध्ये ६ जनाले प्रस्तुति दिएका थिए। कार्यक्रममा अतिथि कलाकारको रूपमा संगीतकार आलोकश्री र आनन्द कार्की उपस्थित थिए। उनीहरूको आगमनसँगै कार्यक्रम अझ रोमाञ्चक बन्यो। शुक्रबार प्रतियोगीहरूमा बेग्लै उत्साह र जिम्मेवारी देखिन्थो।

बादलुको घुम्टोले इलाम बजार छेकिँदा बोलको गीत गाउँदै दर्शकलाई इलाम पुर्‍याए विश्वास उप्रेतीले। नाच्दै, रमाउँदै स्टेज उक्लिएका विश्वासले सबैको मन जिते। कुन मन्दिरमा जान्छौं यात्री बोलको गीतमा प्रश्नैप्रश्नमा आवाज पस्किए रञ्जित नेपालीले। भगवान्लाई पूजा गर्न जाने बेला कसको साथमा जाने हो भन्दै गीतबाट प्रश्न सोधे उनले।

यस्तै, ‘मायालु तिमी साथी हौ, अरूभन्दा विशेष र खास छौ’ भन्दै मायालुलाई प्रशंसा गर्दै स्टेजमा देखिएकी थिइन् लक्ष्मी पौडेलले। उनले मिर्मिरे समयमा मायालुको याद आएको बताउँदै 
थिइन् गीतमार्फत। यस्तै प्रियशीको सम्झनाले मुटुमा गाँठो परेको भाव सुनाउँदै थिए नाङ्गेल तामाङ। उनी भन्दै थिए, प्रिय तिम्रो सम्झना, मुटुभरि कल्पना। कार्यक्रमको अन्तिममा मदन गुरुङले आधा जिन्दगी बोलको आवाजमा सुमधुर गीत प्रस्तुत गरे। उनी भन्दै थिए, 
‘आधा जिन्दगी बितिसक्यो 
भनेर कहिल्यै शोक मनाए, 
अझै बाँकी रहेछ ठानेर उत्सव पनि मनाए।

नाच्दै, गाउँदै रमाइलो प्रस्तुति दिएका मदनले निर्णायकहरूको प्रशंसा पाउन सफल भए। जतिजति फाइनलको नजिक आउँदैछ। नेपाल आइडलका प्रतियोगीमा कडा प्रतिस्पर्धा चलिरहेछ। उनीहरू को भन्दा को कम झैं छन्। हरेकले गजब प्रस्तुति दिन्छन्। गायनले मात्रै होइन, सुरताल र प्रस्तुतिमा पनि विशेष छन् उनीहरू।

गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रसारण भएको नेपाल आइडल–४ गाला राउन्डमा प्रवेशसँगै थप प्रतिस्पर्धात्मक बनेको छ। बिहीबार कार्यक्रमबाट उत्कृष्ट १२ बाट संगीत पौडेल बाहिरिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.