मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

जनकपुरधाम : धनुषा जिल्लामा मास्क अभियान अन्तर्गत विना मास्क लगाएर बाहिर निस्किए सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा सतर्कता अपनाउँदै सर्वसधारणका लागि मास्क लगाउन अभियान अन्तर्र्गत मास्क नलगाउनेलाई स्थानीय प्रशासनले एक सय रुपैयाँ जरिवाना गर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क नलगाउनेलाई अब देखि एक सय रुपैयाँ जरिवाना गर्ने भएको हो। संक्रमण बढ्दै गएपनि सर्वसाधारणहरुमा लापरवाहीपूर्वक विना मास्कको हिड्डुल गरिरहेकाले स्थानीय प्रशासनले कडाई गर्न लागेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउन दुई दिन जनचेतनामूलक कार्यक्रमको आयोजना अभियानको रुपमा थालिएको जानकारी दिए।

शुक्रबार र शनिबार जनचेतनामूलक कार्यक्रम गरिसकिएको र त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए। आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

मास्क लगाउनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको समन्वयमा स्थानीय प्रशासनले शुक्रबार र शनिबारसम्म जनचेतनामूलक कार्यक्रम गरी सर्वसधारणलाई मास्क वितरण गर्ने र आईतबार मास्क नलगाइएको पाइएमा कारवाही स्वरुप एक सय रुपैयाँ जरिवाना गरिने उनले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.