गल्छी–रसुवागढी सडक ४७ प्रतिशत निर्माण

गल्छी–रसुवागढी सडक ४७ प्रतिशत निर्माण

नुवाकोट : गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको निर्माण ४७ प्रतिशत सकिएको छ। कालोपत्रे, पुल निर्माण, पहिरो नियन्त्रण रिटेनिङ वाल लगाउने र सडक चौडा बनाउने काम भइरहेको छ। गत आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण सुरु गरिएको उक्त सडकअन्तर्गतको नुवाकोट, रसुवा र धादिङतर्फका स्थानबाट एकसाथ काम भइरहेको छ। 

गल्छी–त्रिशूली खण्डको बुधसिङघाट कल्चौडे भीरको कटिङ सम्पन्न भएको छ। यसको कालोपत्रेसमेत गरिसकिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय नुवाकोटका प्रमुख मुकुन्दराज अधिकारीले बताए। उनका अनुसार उक्त खण्डको देवीघाटको धुरपुरे पहरो कटिङ कार्य सम्पन्न भएको र कल्चौडे भीर तथा धुरपुरेलगायतका १६ स्थानमा पुल निर्माण भइसकेको छ। ११ मिटर चौडाइको डबल लेनको सो सडकखण्डमा कुल ३२ वटा पक्की पुल, एउटा फ्लाइ ओभर निर्माण र चारवटा पहिरो नियन्त्रणको काम रहेको कार्यालयका प्रमुख अधिकारीले बताए।

आगामी आव २०७९÷८० भित्र  सबै निर्माण गरिनुपर्ने सो सडकको मुख्य समस्या मुआब्जाको विवाद रहेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसवागढी सडक योजनालाई अहिले ३ खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ।

 पटक–पटक विविध कारण देखाएर २०८० को असार मसान्तसम्म कार्य अवधि थप गरिएको छ। कुल ८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ।

सो सडक विस्तारमा कुल १५ अर्ब ५० करोड रुपैयाँको लागतको अनुमान छ। जसमध्ये ९ अर्ब ५० करोड निर्माण तथा ६ अर्ब मुआब्जा तथा क्षतिपूर्तिका लागि कायम रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख अधिकारीका अनुसार हालसम्म सो सडकमार्ग पुजीगततर्फ ४५ प्रतिशत र मुआब्जा तथा क्षतिपूर्तिको ४६ प्रतिशत प्रगति धभएको छ। हालसम्म सो सडकमार्गको २१ किलोमिटर कालोपत्रे, ८ वटा पुल निर्माण भइसकेको अधिकारीले बताए। गल्छी–त्रिशूली खण्डको रातमाटे, महादेवफाँट, देवीघाट क्षेत्रको सडक दायाँबायाँ फुटपाथ बनाउने र दायाँबायाँ  रेलिङ जडान गर्ने काम भइरहेको  छ। 

धुरपुरेभीर कटिङ गर्न १ वर्षअघि सुरु गरेको भए पनि हाल काम सकिएको छ। बेलकोटगढी नगरपालिकाको कल्चौडे भीर कटिङ गर्दा पुरानो डिजाइन परिवर्तन गरेर पुलसँगै भीर सोझ्याएर कटिङ गर्दा १ सय मिटर सडकको दूरी घटेको छ। पहरो कटिङसँगै कुनापट्टि नाली, छेउमा सेफ्टीबार र सडक कोलोपत्रे तथा बिजुलीको पोल गाड्ने काम अगाडि बढाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.