खोरेतको कारण नेपाली मासु निर्यात हुँदैन

खोरेतको कारण नेपाली मासु निर्यात हुँदैन

गुलरिया : पशुहरुमा लाग्ने खोरेत रोगका कारण नेपाली मासु विदेशमा निर्यात नहुने गरेको पाइएको छ। नेपालका मासुजन्य उत्पादन परीक्षणका क्रममा खोरेत रोगयुक्त देखिएपछि विदेशमा नेपाली मासुको माग घटेको छ।

पशुहरुमा लाग्ने खोरेत रोगले मासुजन्य उत्पादनमा कमी ल्याएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका पशु विकास अधिकृत डाक्टर सुमन खनालले बताए। 'पशुमा लाग्ने खोरेत सीमाविहीन सरुवा रोग हो। यो अति खतरनाक हुन्छ। त्यसैले खोरेत रोगकै कारण नेपाली मासुजन्य उत्पादन विदेशमा निर्यात हुँदैन', उनले भने, 'रोगी पशुको सम्पर्क, काँचो दूध, दानापानी र हावापानीका कारण पशुहरुमा खोरेतको भाइरस सर्छ। यस रोगबाट पशुहरुलाई जोगाउन किसान सधैं सजग हुनुपर्छ।'

खोरेत रोग लागेका पशुमा सुरुमा कडा ज्वरो आउँछ। बिरामी पशुको खुर पाक्ने भएकाले खुट्टा सुन्निएपछि खोच्याउने हुन्छ। मुखमा फोका आउने भएकाले दानापानी खान छाड्छ। एक्कासी दूध दिन छाड्छ। अधिकृत खनालले थपे, 'रोगबाट पशुहरुलाई जोगाउन सरसफाइमा ध्यान दिनु अति जरुरी हुन्छ। यदि राम्रोसँग उपचार भएन भने पशु जोखिममा पर्न सक्छ। बर्दियामा ६८ वटा पशुमा खोरेत परीक्षण गर्दा ५९ ओटामा पोजिटिभ आएको पायौं।' 

बर्दियामा ८६ दशमलव ८ प्रतिशत पशुमा खोरेत पाइएको छ। बाँके, बर्दिया र कास्कीबीच बाख्रा ब्यापार हुने गरेको उनले बताए। चेकजाँचका क्रममा बाँकेमा ४२ दशमलव २ प्रतिशत र कास्कीमा ८७ दशमलव १ प्रतिशतमा खोत रोग भेटिएको छ। 
'हामीले बर्दियामा खोरेत रोग उन्मुलन अभियान सुरु गरेका छौं। जस अन्तरगत परीक्षण उपचार लगायत खोप कार्यक्रम लागु हुन्छ। खोरेत रोग नियन्त्रण तथा उन्मुलन कार्यविधि अनुसार हामी अघि बढेका छौं', उनले प्रष्ट्याए। खोरेत रोग अति खतरनाक हुने भएकाले पशु किसान र उपभोक्ता चनाखो हुनु अति जरुरी हुनुपर्ने उनले बताए। 

पशुहरुमा लाग्ने खोरेत रोग उन्मुलनका लागि प्रभावकारी खोप सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा भैरहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका  प्रमुख विनोद घिमिरेले बताए। पहिलो चरणमा जिल्लाका पशु कृषकहरुसँग भएको पशु चौपायाहरुको यकिन तथ्यांक संकलन गर्छौं। त्यसपछि खोपको कार्यक्रम सुरु हुन्छ। बर्दियाका ८ वटै स्थानीय तहमा तथ्यांकको काम सुरु भएको छ। खोरेत रोगका कारण दुग्ध तथा मासुजन्य उत्पादनमा ह्रास ल्याएको प्रमुख घिमिरेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.