भारतमा कोरोनाबाट एकैदिन ४८८ जनाको मृत्यु, दिल्लीमा मात्रै ४५ को ज्यान गयो
नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३७ हजार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित सक्रिय संक्रमितको संख्या २१ लाख नाघेको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४८८ जनाको मृत्यु भएको छ। दिल्लीमा मात्रै कोरोनाबाट ४५ जनाले ज्यान गुमाएका छन्। नयाँसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८८ हजार ८८४ पुगेको छ।
भारतका पाँच राज्यमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। महाराष्ट्र, कर्नाटक, केरला, तमिलनाडु र गुजरातमा संक्रमण बढिरहेको छ। कुल संक्रमितमध्ये यी राज्यमा ५६.० प्रतिशत बिरामी रहेका छन्।
पछिल्लो २४ घन्टामा २ लाख ४२ हजार ६७६ जना कोरोनामुक्त भएका छन्। यो सहित भारतमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड ६३ लाख १ हजार ४८२ पुगेको छ।