युक्रेनका कारण जर्मनीका नौसेना प्रमुखद्वारा राजीनामा

युक्रेनका कारण जर्मनीका नौसेना प्रमुखद्वारा राजीनामा

बर्लिनः युक्रेनबारे विवादास्पद टिप्पणी गरेका कारण जर्मनीका नौसेना प्रमुखले राजीनामा दिएका छन्। रुसले युक्रेनमाथि आक्रमण गर्न चाहेको कुरा बकवास रहेको भन्दै नौसेना प्रमुख के खिम श्योनबाखले पदबाट राजीनामा दिएका हुन्। 

सो टिप्पणीका कारण थप क्षति हुन नदिन भन्दै शनिबार श्योनबाखले आफ्नो पदबाट राजीनामा दिएका हुन्। युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणी अस्वीकार्य भएको व्याख्या गरेको छ। 

गएको शुक्रबार एक थिंक ट्यांकद्वारा भारतमा आयोजित छलफल कार्यक्रममा नौसेना प्रमुखले आफ्नो विचार राखेका थिए। सो विचार राख्ने क्रममा उनले रुसले युक्रेनमाथि आक्रमण गर्ने कुरा बकवास भएको टिप्पणी गरेका थिए। सो टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।  

अमेरिका र बेलायतसहित अन्य केही पश्चिमा मुलुकहरुले युक्रेनलाई हातहतियार उपलब्ध गराएका छन्। तर युक्रेनले हतियारका पठाउन गरेको आग्रहलाई जर्मनीले भने अस्वीकार गरेको छ। रुसको सुरक्षाको लागि भन्दै सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन र नेटोको सदस्य बन्नबाट युक्रेनलाई रोक्नुपर्ने र माग रुसले गरेको छ। सो सन्दर्भमा नौसेना प्रमुख श्योनबाखले रुसी राष्ट्रपति भ्लाद्पिर पुटिनले केबल सम्मानमात्र चाहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.