जोडियो करिडोर र राजमार्ग

जोडियो करिडोर र राजमार्ग

कालीकोट : कर्णाली नदी तीरको जितेगडा बजार। बजारलाई जोडेका थिए, झोलुंगेपुल र फेरीले। पक्की पुल नहुँदा झोलुंगेबाट आवतजावतसँगै खाद्यान्नलगायत सामग्री ओसारपसार हुन्थ्यो। फेरीको सहयोगमा जोखिमपूर्ण तवरले सवारीसाधन, अन्य गह्रांै सरसामान तारिन्थ्यो। अब त्यो बाध्यता अन्त्य भएको छ।

कर्णाली करिडोरमा पर्ने उक्त स्थानमा पक्की पुल बनेपछि स्थानीयले खेप्दै आएको सास्ती हटेको हो। कर्णाली राजमार्गबाट करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएपछि सहज भएको कालीकोट नरहरिनाथ गाउँपालिकाका अमरबहादुर शाहीले बताए। ‘पुल नहुँदा झोलुंगेबाट महँगो मूल्य तिरेर सामान ओसारपसार गर्नु परेको थियो’ शाहीले भने, ‘निर्माणसामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भयो।’

उपभोक्ताले सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाउन थालेको उनले सुनाए। कर्णाली राजमार्गबाट करिडोर हुँदै कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आवतजावत गर्न सकिन्छ। फेरीबाट ज्यानको बाजी राखेर गाडी तार्नुपर्ने बाध्यता हटेको चालक भद्रबहादुर रावल सुनाउँछन्।

खुलालु पुलको शिलान्यास १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले गरेका थिए । ठेकेदारको लापरबाहीका कारण पुल अलपत्र परेको थियो। कन्काई र नेपाल प्रगति जेभीले ठेक्का पाएका थिए। ‘२०७२ असारमा सक्ने सम्झौता भए पनि ठेकेदारले काम गरेनन्, सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले भने, ‘पटक–पटक म्याद थप गरेर ताकेता गरेपछि बनाए।’ १५ करोड ९२ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको हो। स्टिल ट्रससहित पुलको लम्बाइ ७५ र चौडाइ ९ मिटर छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.