तालिवान र पश्चिमा अधिकारीहरुबीच पहिलो पटक वार्ता
ओस्लो : तालिवान सदस्य र पश्चिमा अधिकारीबीच नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु भएको छ। तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि उनीहरुबीच आइतबारदेखि पहिलोपटक वार्ता सुरु भएको हो।
करिब तीन दिनसम्म चल्ने वार्ताको पहिलो दिन तालिवान सदस्यले मानव अधिकारकर्मीहरुसँग भेटवार्ता गरेका छन्। सो भेटमा भएको छलफलबारे वास्तविकता सार्वजनिक नभएपनि अफगानिस्तानमा जारी मानविय संकट र मानव अधिकारबारे उनीहरुबीच छलफल भएको बताइएको छ। संयुक्त राष्ट्रसंघले करिब ९५ प्रतिशत अफगान नागरिकले पर्याप्त खाना नपाएको बताउँदै आएको छ।
तालिवानलाई वार्तामार्फत पुरस्कृत गर्न नहुने आलोचना गर्दै सयौंले युरोपका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।