कर्मचारीमा कोरोना पुष्टि भएपछि स्याङ्जा प्रशासनका सेवा स्थगित

कर्मचारीमा कोरोना पुष्टि भएपछि स्याङ्जा प्रशासनका सेवा स्थगित

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबारदेखि नियमित दैनिक सेवा प्रवाह स्थगित गरेको छ। कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहीमा पनि संक्रमणसंग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले दैनिक कार्यलाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। 

कार्यालयबाट सेवा प्रवाह केही दिनका लागि स्थागित गरेको जनाईएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्धारा आइतबार जारी विज्ञप्तिमा, ‘कोभिड संक्रमण बढिरहेका बेला प्रशासनका विभिन्न फाँटका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टी भएको र केहिको रिर्पोट आउन बाँकी रहेकाले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागी प्रशासनको सेवा बन्द गरिएको उल्लेख छ।’ अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा प्रवाह स्थगित गरिएको छ ।

कार्यालयका अत्यावश्यक सेवा र शान्ति सुरक्षा बाहेक सबै स्थगित गरिएका छन्। नियमित हुने कार्यहरु नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता, नविकरण, हातहतियार नविकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको स्याङ्जा प्रशासनले जनाएको छ।

गण्डकी प्रदेशमा बढी संक्रमति हुनेमा स्याङ्जा तेस्रो जिल्लामा पर्छ। आइतबार पनि यहाँ ७० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ। प्रदेश स्वास्थय निर्देशनालयका अनुसार अहिलेसम्म जिल्लामा ६ सय ४१ जना सक्रिय संक्रमित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.