पाकिस्तानको सर्वोच्च अदालतलमा पहिलो महिला न्यायाधीश
इस्लामावादः पाकिस्तानको सर्वोच्च अदालतमा पहिलोपटक महिला न्यायाधीश नियुक्त भएकी छन्। न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएसँगै पाकिस्तानको अदालतले पहिलो पटक महिला न्यायाधीश पाएको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गुल्झर अहमेदले सोमबार मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। नवनियुक्त न्यायाधीश मलिकले हाभर्ड युनिभर्सिटीबाट आफ्नो उच्च शिक्षा पूरा गरेकी हुन्। उनी पाकिस्तानको पूर्वी सहर लाहोरको उच्च अदालतमा विगत दुई दशकदेखि न्यायाधीशको रुपमा कार्यरत थिइन्।