सहायक जिल्ला अधिकारीसहित प्रशासनका १९ जनामा कोरोना
![सहायक जिल्ला अधिकारीसहित प्रशासनका १९ जनामा कोरोना](https://annapurnapost.prixacdn.net/media/albums/Prasasan_20220124094809_TWIZQ4Ez3U.jpg)
गुलरिया : जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारीसहित १९ जना कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ। आरडीटी परिक्षणका क्रममा उनीहरु पोजेटिभ भेटिएका हुन्।
जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। कार्यालयमा कुल ३५ जनाको आरडीटी परिक्षण गरिएकोमा २१ जनामा कोरोना पोजेटिभ पाईएको छ। जसमध्ये १९ जना जिल्ला प्रशासन कार्यालय भित्रका कर्मचारी तथा सुरक्षाकर्मी छन्। अन्य २ जना हुन्।
कोरोना भाईरस कोभिड–१९ तेस्रो ओमिक्रोन भेरियन्ट बढेसँगै बर्दियामा ५ सय २५ जना सक्रिय संक्रमितरहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। बर्दियामा सोमबार एकैदिन १ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय सीमा नाकाहरुमा कडाई गरिएको प्रशासनले जनाएको छ। स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)