कोशीमा अव्यवस्थित भिड, स्वास्थ्य परिक्षण गराउन जाँदा नै संक्रमणको डर !

कोशीमा अव्यवस्थित भिड, स्वास्थ्य परिक्षण गराउन जाँदा नै संक्रमणको डर !

विराटनगर : प्रदेश १ को सबभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न जाँदा नै कोरोना भाइरसको संक्रमण हुने अवस्था छ। प्रदेश १को राजधानी विराटनगरस्थित रहेको कोशी अस्पतालमा कोरोना भाईरस संक्रमणको कुनै लक्षण नदेखिएकाले अन्य स्वास्थ्य सेवा लिन जाँदा संक्रमण हुने अवस्थाको  सिर्जना  भएको हो।

अस्पतालको टिकट काउन्टरदेखि स्वास्थ्य बिमाको औषधी किन्न जाँदा लाइनमा बस्ने व्यक्तिलाई संक्रमण हुने अवस्था रहेको छ। प्रदेश १को विभन्न जिल्ला उपचार गर्न आउने बिरामी र कुरुवाले माक्स नलगाउने र भौतिक दूरी कायम नगरेर अस्पतालले दिने सुविधा लिन लछारपछार गर्ने गरेका छन्।  कोशी अस्पतालमा अस्पतालका मेसु चुमनलाल दाससहित एक २२ जना कर्मचारी  पोजेटिभ भएर होम अईसोलेजनमा बसेका छन्।

दैनिक काम गर्ने कर्मचारीमा संक्रमण हुने संख्या बढ्दै छ। तर स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको वेवास्ताले  अस्पताल क्षेत्र झनै जोखिम बनेको बताइएको छ। कोशीमा २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारी कोरोना संक्रमणीत भएका छन्। 

बिमाबापत पाउने औषधी किन्न लाईनमा बसेका विराटनगर ४ प्रमोद यादवले चिकित्सक र कर्मचारी नै धमाधम संक्रमित भएको बेला अस्पतालमा सुरक्षा नअपनाउनु सर्वसधारणलाई जोखिममा लग्नु जस्तै भएको बताए।   

कसैले समाजिक दूरी कायम गर्न भन्दैन उनले भने–‘लाईनमा अली खाली हुनसाथ अर्को आएर मिसिन्छ। ‘अर्को मो आजमले भने–‘न त लाइनमा बस्ने व्यवस्था मिलाएको छ, न त पालैपालै सुविधा दिने व्यवस्था छ। उपचार गरेर घर गएपछि संक्रमण हुने त्रास उत्पन्न भएको उनले बताए।

बुवाको उपचार गर्न आएका रामकिरन माझीले भने–‘यहाँ आउँदा नै संक्रमित भएको जस्तो छु। विराटनगरबाट काठमाण्डौ जानको लागि पीसिआर परिक्षण गराउन आएका श्याम कटुवालले भने–‘दुईदिन देखि हुलमा नपस्दाँ कुनै लक्षण नभएपनि रिर्पोट पोजेभिब आएको छ ।‘अस्पताल आएपछि नै सरेको उनले दाबी गरे। स्वास्थ्य परिक्षण गराउन आउनेमा पनि कोरोना हुन सक्ने भएकाले हुललाई व्यवस्थित नगरेकाले कोरोनाको संक्रमण बढ्ने खतरा रहेको उनले बताए।  
 
पूर्जा, बिलसहित फर्म परिक्षण गर्ने स्थानमा बुझाउने स्थानमा र परिक्षण गर्दा कुनै मापढण्ड तोकिएको छैन। पालैपालो परिक्षण गराउने व्यवस्था नभएसम्म स्वेच्छाले परिक्षण गराउने आउनेमा कोरोना सर्ने अवस्था रहेको देखिन्छ। 

अस्पतालले कर्मचारी नै संक्रमण धमाधम भईरहेका बेला स्वास्थ्यसेवा लिन आएकाहरुले आनाकानी गर्ने गरेको जनाएको छ। प्रशासन प्रमुख नवराज लुईटेलले बिरामीको चाप कम भएको बेलापनि सेवालिन आउनेले स्वास्थ्य मापढण्ड पालना नगर्ने गरेको बताए।

गार्डले जति भने पनि बवरामी र कुरुवाले आफूखुशी गर्ने रवैया बनाएको उनले बताए। जति भन्दा पनि मान्दैन उनले भने–‘के गर्नु आर्जित भएका छौं।

अहिले अस्पताले दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी आउने गरेको उनले बताए। कोभिडले विरामीको चाप घटेको बताउदै उनले भने–‘पहिले एक हजारको हारहरीमा बिरामी आउने गरेको थियो। अस्पतालले दिने सेवा निरन्तर रहेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.