मधेश प्रदेशमा ६ सय ५ जना लागुऔषधसहित पक्राउ

मधेश प्रदेशमा ६ सय ५ जना लागुऔषधसहित पक्राउ

जनकपुरधाम : मधेश प्रदेश लागुऔषधको केन्द्रबिन्दु बनेको छ। भारतसँगको खुल्ला सीमासँग जोडिएको मधेश प्रदेशमा दिनहुँ तीनजना भन्दा बढी व्यक्ति लागुऔषधसहित पक्राउ पर्ने गरेका प्रहरीको तथ्यांकले देखाएको छ।

मधेश प्रदेशको प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा लागुऔषधसहित ६ सय ५ जना पक्राउ परेका छन्। मधेश प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार प्रदेशको आठवटै जिल्लाबाट साउनदेखि पुससम्ममा ५ सय ९४ पुरुष र ११ महिलालाई लागुऔषधसहित पक्राउ गरिएको छ।

प्रहरीले यस अवधिमा गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।

१८ करोड भन्दा बढीको सामान बरामद

प्रहरीले ६ महिनाको अवधिमा १८ करोडभन्दा बढीको भन्सार छलि गरेर नेपाल ल्याइएको सामान बरामद गरेको छ। चालु आवको ६ महिनामा प्रहरीले प्रदेशको विभिन्न स्थानबाट १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ। किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामान, सुन र चाँदी बरामद गरेको र १ सय ४ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.