मधेश प्रदेश : कुल जनसंख्याको ३४ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

मधेश प्रदेश : कुल जनसंख्याको ३४ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

जनकपुरधाम : कोरोना भाइरसको तेश्रो लहर चलिरहेको समय मधेश प्रदेशमा कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले मात्र कोरोना विरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका छन्। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाका अनुसार प्रदेशमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९.५९ प्रतिशत नागरिकले पहिलो डोज लिएको जानकारी दिए।

प्रदेशमा ६३ लाख ४३ हजार ९७० जना जनसंख्या रहेकोमा १८ वर्ष भन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४ सय २५ र १२ देखि १७ वर्ष सम्मका ११ प्रतिशत नागरिक अर्थात ७ लाख १५ हजार ३४२ जनालाई भ्याक्सिन दिने लक्ष्य लिएको छ। लक्ष्य अनुसार भने मधेश प्रदेशमा १८ वर्ष भन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०.४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका भने ६७.२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।

मधेश प्रदेशमा आइतबारसम्म कुल जनसंख्या मध्ये २१ लाख ५६ हजार ९६४ जनाले भ्याक्सिनको पूर्ण डोज लगाएका छन्। पर्सामा सबैभन्दा बढी ५ लाख २८ हजार ३१६ जनाले खोपको पूर्ण डोज लगाएका छन्। त्यस्तै सर्लाहीमा ३ लाख ८७ हजार ६५९, धनुषामा ३ लाख २१ हजार ७५४, बारामा ३ लाख २० हजार ८५१, सप्तरीमा २ लाख ३६ हजार ३१६, रौतहटमा २ लाख २९ हजार ३८१, सिरहामा २ लाख २० हजार ३७७ र महोत्तरीमा १ लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन्।

लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले लगाए खोपको पूर्ण डोज

मधेश प्रदेशमा कोरोना भाइरस विरुद्धको अभियान सुस्त गतिमा चलेको छ। यस प्रदेशमा हालसम्म १२ वर्ष देखि माथिका उमेरका ४४.२ प्रतिशत नागरिकले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । यस प्रदेशमा पहिलो डोज भने ५१.५ प्रतिशत नागरिकले लगाएका छन्।

करिब ११ हजारले लगाए बुस्टर डोज

नेपाल सरकारले अग्रपंक्तिमा खटेकाहरुलाई बुस्टोर डोज दिन सुरु गरेकोमा मधेश प्रदेशमा करिब ११ हजार जनाले बुस्टर डोज लगाएका छन्। आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ८ सय ९८ जनाले बुस्टर डोज लगाएको निर्देशक झाले जानकारी दिए।

बारामा सबैभन्दाबढी ३ हजार २ सय २० जनाले बुस्टर डोज लगाएका छन्। त्यस्तै सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.