कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मी संक्रमित

कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मी संक्रमित

विराटनगर : प्रदेश १ को कोसी अस्पतालका मेसु चुमनलाल दाससहित १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। सबै जना होमआइसोलेजनमा बसेका छन्। साथै, स्वास्थ्य परीक्षण गर्न जानेलाई समेत संक्रमणको जोखिम बढेको छ।

अस्पतालमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, धेरै कर्मचारी संक्रमणमा परेकाले जोखिम बढेको छ । अस्पताल त्यहाँ दैनिक रूपमा संक्रमण हुने संख्या बढ्दै गएको छ। तर, स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ताले अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। २२ जना  विशेषज्ञ चिकित्सक, ४१  नर्स , ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्। 

औषधि किन्न लाइन बसेका विराटनगर–४ का प्रमोद यादवले चिकित्सक र कर्मचारी नै धमाधम संक्रमित भएका बेला अस्पतालमा सुरक्षा नअपनाउनुले जोखिम बढेको बताए। ‘कसैले समाजिक दूरीको मतलवै छैन। लाइन अलिकति खाली हुनासाथ अर्को आएर मिसिन्छ। 

बुवाको उपचार गर्न आएका रामकिरण माझी अस्पतालको भीडभाड देखेर आफू नै संक्रमित भएको जस्तो देखिएको बताए। त्यस्तै, विराटनगरबाट  काठमाडौं जान पीसीआर परीक्षण गराउन आएका श्याम कटुवालले  भने, ‘दुई दिनदेखि हुलमा नपस्दा कुनै लक्षण नभए पनि रिर्पोट पोजेटिभ आएको छ।’ उनले अस्पताल आएपछि नै आफू संक्रमित भएको दाबी गरे।

अस्पतालका कर्मचारी नै धमाधम संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा लिन आएकाहरूले आनाकानी गर्न थालेका छन्। प्रशासन प्रमुख नवराज लुइँटेलले बिरामीको चाप कम भएका बेला पनि सेवा लिन आउनेले स्वास्थ्य मापदण्ड पालना नगरेको बताए। गार्डले जति भने पनि बिरामी र कुरुवाले आफूखुसी गर्ने गरेको उनले बताए। अहिले अस्पतालमा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी आउने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.