रुसले युक्रेनमाथि हमला गर्न सक्ने भन्दै ८ हजार बढी अमेरिकी सेना ‘हाई अर्लट’मा
लण्डन : रुसले युक्रेनमा आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको छ। रुसले आक्रमण गरी युक्रेन कब्जा गर्ने तयारी गरेको दावी गर्दै त्यस्को प्रतिकार गर्न अमेरिकाले आफ्ना ८ हजार ५ सय अमेरिकी सेनालाई तयारी अवस्थामा राखेको बीबीसीमा समाचार छ।
रुसले युक्रेन नजिक झण्डै एक लाखको संख्यामा आफ्ना सैनिकहरु तैनाथी अवस्थामा राखेको छ। रुस र युक्रेनबीच जुनसुकै बेला युद्ध हुन सक्ने खतरा बढेको छ। रुसी सैनिकले युक्रेनमाथि आक्रमण थाले त्यसको प्रतिकार गर्न अमेरिकी सेना खटिने छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि गर्ने सम्भावित हमला र पछिल्लो अवस्थाका बारेमा युरोपेली मुलुकका अधिकारीहरुसँग सोमबार बिहान छलफल गरेका छन्। भिडियो कन्फरेन्सबाट भएको उक्त छलफलमा अमेरिका र युरोपेली मुलुकहरुले रुस विरुद्ध साझा रणनीति बनाउने विषयमा सहमत भएका छन्।