१९ वर्षमा विमानबाट एक्लै संसार घुम्ने पहिलो महिला पाइलट

१९ वर्षमा विमानबाट एक्लै संसार घुम्ने पहिलो महिला पाइलट

१९ वर्षीया महिला पाइलटले एक्लै विमान उडाएर पाँच महिनामा संसारको यात्रा गरेकी छन्। ती महिला यस्तो गर्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छन्।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन्। उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक-वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो।

सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रूसको अयानमा फसेकी थिइन्। आँधीका कारण उनी कोलम्बियामा पनि बस्नुपर्ने भयो।

बेल्जियम फर्किएपछि उनलाई विमानस्थलमा परिवार, पत्रकार र समर्थकले न्यानो स्वागत गरेका थिए। उनको विमानसँगै बेल्जियमको रेड डेभिल्स एरोबेटिक डिस्प्ले टोलीका चारवटा विमान पनि त्यहाँ अवतरण गरेका थिए।

विमानबाट ओर्लिएपछि उनले आफूलाई बेलायत र बेल्जियमको झण्डामा बेरिन्। 'यो साँच्चै अद्भुत अनुभव भएको छ। म विश्वास गर्न सक्दिनँ', उनले पत्रकारहरूलाई भनिन्।

पत्रकार सम्मेलनमा उनले ५१ हजार किलोमिटर उडानको चुनौती पूरा गर्न पाउँदा निकै खुसी लागेको बताइन्।

उनले भनिन्, 'यात्रामा सबैभन्दा ठूलो कठिनाइ साइबेरियामा आयो। त्यहाँ धेरै जाडो थियो। यदि इन्जिन त्यहाँ रोकिएको भए बाँच्न धेरै गाह्रो थियो। म आफ्नो अनुभव मानिसहरूलाई बताउन चाहन्छु। साथै मानिसलाई आफ्नो जीवनमा केही रोमाञ्चक चीज गर्न प्रोत्साहन दिन चाहन्छु।'
 
जाराका आमा बा दुबै पाइलट थिए। उनले आफू अन्य केटीहरूलाई  विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित क्षेत्रमा लाग्न प्रोत्साहित गर्न चाहेको बताइन्।  

जारा रदरफोर्ड अघि विश्वभर एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला अमेरिकाकी शाइस्ता वाज थिइन्। उनले करिब पाँच वर्षअघि २०१७ मा यो काम गर्दा उनी ३० वर्षकी थिइन्। पुरुषको हकमा यो कीर्तिमान हाल १८ वर्षीय पाइलट ट्राभिस लुडलोको नाममा छ।
 
साथै जारा रदरफोर्ड अल्ट्रालाइट विमानमा विश्व परिक्रमा गर्ने पहिलो महिला बनेकी छिन्। योसँगै उनी विमानबाट एक्लै विश्व घुम्ने पहिलो बेल्जियम नागरिक पनि बनेकी छन्।

पाँच महिना लाग्यो

यो मिसन पूरा गर्न तीन महिना लाग्ने अपेक्षा गरिएको थियो। तर धेरै ठाउँमा खराब मौसमका कारण उनको यात्रा ढिलो भएको थियो। साइबेरियामा उनको रुसको भिसा पनि सकिएको थियो।

जब उनी अलास्काको नोम सहर पुगेकी थिइन्, ३९ उडानमध्ये तीनवटा मात्र समय तालिकामा सञ्चालन भइरहेका थिए। त्यसैले उनले त्यहाँ कुर्नुपरेको थियो।

उनको राहदानी ह्युस्टनमा रूसी वाणिज्य दूतावासमा एयरमेल मार्फत पठाइएको थियो। तर नयाँ भिसाको म्याद पनि बेरिङ स्ट्रेट पार गर्नुअघि नै सकिएको थियो।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा उनले भनिन्, 'यहाँको तापक्रम -१८ डिग्री छ र मेरा हातहरू साँच्चै चिसा छन्। म यहाँ करिब एक महिनादेखि छु।' 

उनले भनिन्, 'मैले विमान उड्नका लागि तयार राखेको छु। यहाँको मौसम राम्रो छैन। जहिले पनि म छोड्न चाहन्छु, कहिले रुसमा, कहिले नोममा, मौसम निकै खराब हुन्छ।'

यात्राका बाधा 

जारा साइबेरियामा हुँदा तापक्रम सतहमा -35 डिग्री र हावामा -20 डिग्री पुग्यो। त्यसपछि एक मेकानिकले भयानक चिसोमा इन्जिन न्यानो राख्न विमानमा जाने हावा बन्द गरे।

धेरै प्रयासको बावजुद, जारा रदरफोर्ड एक हप्ताको लागि मगदानमा र त्यसपछि तीन हप्तासम्म अयानमा बस्नुपर्ने भयो।

सोही क्रममा इन्डोनेसियाको बन्दर उडारा रहाडी ओस्मान विमानस्थलमा मौसम खराब हुँदा विमानस्थलबाट बाहिर निस्कन आवश्यक कागजपत्र नहुँदा दुई रात त्यहीँ टर्मिनलमै सुत्नुपरेको थियो।

क्यालिफोर्नियाको जंगलमा लागेको आगोबाट फैलिएको धुवाँको बीचमा उनले आफ्नो विमान उडाउनुपरेको थियो। उनको विमान न्यू मेक्सिकोमा पिटोट ट्यूबको ब्लकका कारण दुर्घटनाग्रस्त भएको थियो। यसैबीच क्रिसमसको समयमा टायर फुटेपछि उनी सिंगापुरमै बस्नुपरेको थियो।   

बीबीसी हिन्दीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.