दक्षिण कोरियामा अहिलेसम्मकै उच्च कोरोना सङ्क्रमण
सोल: दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन्। यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ।
यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ। यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन्। त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ।