रुपन्देहीमा २ जनाको शव फेला
बुटवल : रुपन्देहीको देवदह नगरपालिका घोडाहामा एक अधवैैशे महिला र एक बालिकाको शव भेटिएको छ। पूर्वपश्चिम राजमार्गको घोडाहा जंगलमा उनीहरुकाे शव भेटिएको हो। अधवैशे महिला र ६\७ वर्षकी बालिकाको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
‘घाटी रेटेर हत्या गरेको देखिन्छ, घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने। मधेशी मुलका उनीहरुको पहिचान खुलेको छैन्। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले अनुसन्धान गरिरहेको छ।