रसुवागढीबाट औषधिसहित युवक पक्राउ

रसुवागढीबाट औषधिसहित युवक पक्राउ

नुवाकोट : नेपाल–चीन प्रवेशको छोटो दूरीको रसुवागढी नाकाबाट भन्सार नतिरिएको औषधिसहित एक युवक पक्राउ परेका छन्। भन्सारले औषसिध जफत गरेको छ भने युवकलाई कारवाही सुरु गरिएको छ। 

भन्सार नतिरिएको औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको हो। औषधिसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३१ वर्षीय प्रकाश बस्नेत रहेका प्रहरी निरीक्षक गणेश सापकोटाले जानकारी दिए। 

चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा भन्सार नतिरिएको औषधिसहित बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। युवकलाई कारवाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ। 

भन्सार परीक्षण भई सिलबन्दी गरेको ना ६ ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुन्चे प्रहरी चेक पोष्टले युवक बस्नेतलाई पक्राउ गरेको हो। उनीमाथि आवस्यक कारवाही सुरु भएको छ।

बरामद भएको दुई लाख ५९ हजार ७ सय रुपैयाँ बराबरको औषधिसहित बस्नेतलाई कारवाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको रसुवा प्रहरीले जनाएको छ। कोरोना सङ्क्रमणका कारण रसुवागढी नाकामा आउजाउ नै बन्द रहेको अवस्थामा कसरी अवैध रूपको चिनियाँ औषधि आयो र कहाँ को संलग्न छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

रसुवागढी नाका काठमाडौदेखि नजिक एकसय ५२ किलोमिटर दूरीमा रहेको छोटो दूरीको नाका हो। रसुवागढी नाकालाई चिनीया सरकारले गत सन् २०१७ को सेप्टेम्वर १ तारिखदखि अन्र्तराष्ट्रिय नाकाको मान्यता दिइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.