निक्षेप बढाउनै हम्मे

निक्षेप बढाउनै हम्मे

काठमाडौं : चालू आर्थिक वर्ष सुरुदेखि नै बैंकहरूले निक्षेप वृद्धि अपेक्षाअनुसार बढाउन सकेनन्। जसोतसो कर्जा भने विस्तार गरिरहेका छन्। कर्जाको माग अधिक भएकाले थप स्रोतको जोहो गर्न भने बैंकहरूलाई हम्मे परेको छ। 

दोस्रो त्रैमासमा संघसंस्था तथा व्यवसायीले राजस्व तिर्नेलगायत खर्च बढी गर्ने भएकाले बैंकिङ प्रणालीबाट निक्षेप घट्नु स्वाभाविक हो। माघ लागेपछि निक्षेप क्रमशः बढ्ने आशा रहेकामा उल्टै घटिरहेको नेपाल बैंंकर्स संघको तथ्यांकले देखाएको छ। पुस अन्तिम साता १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। माघ लागेपछि भने संकुचन हुन पुगेको छ। माघ पहिलो साता कुल निक्षेप १३ अर्ब रुपैंयाँ घटेर ४३ खर्ब ११ अर्बमा सीमित भएको छ। यसमा स्वदेशी मुद्रामा ४२ खर्ब १० अर्ब र विदेशी मुद्राको १ खर्ब १ अर्ब रुपैयाँ छ। जबकि पुस अन्तिम सातासम्म ४३ खर्ब २४ अर्ब ३४ करोड निक्षेप संकलन भएको थियो।

आत्तिहाल्नुपर्ने स्थिति भने नआएको बैंकर्सहरू बताउँछन्। ‘हरेक त्रैमास सकिएपछिको पहिलो साता विगतमा पनि निक्षेप घट्ने गरेको थियो,’ सिभिल बैंकका प्रमुख कार्यकारी निर्देशक सुनीलकुमार पोखरेलले भने, ‘त्यसैले अस्वाभाविक ठान्न हुँदैन।’ फेरि प्रणालीमा आउने उनी बताउँछन्। ‘अर्को आयल निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको आयातबापत भुक्तानी गरेकाले पनि ह्वात्तै घटेको देखिएको हो,’ उनले भने, ‘निगमले निक्षेप खाताबाट १२–१३ अर्ब रुपैयाँ निकालेर भुक्तानी गरेको थियो। 

बैंकहरूसँग अहिले कर्जा दिने क्षमता छैन। माघ पहिलो साता २७ वाणिज्य बैंंकबाट थप १ अर्ब रुपैयाँ मात्र विस्तार भएको छ। उक्त दरले कर्जा थपिँदा प्रणालीबाट माघ पहिलो साता कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँबराबरको ऋण लगानीमा छ। यसमध्ये ४० खर्ब ४५ अर्ब स्वदेशी मुद्रामा र ९९ अर्ब विदेशी मुद्रामा कर्जा विस्तार भएको बैंकर्स संघले जानकारी दिएको छ। पुस मसान्तसम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानीमा थियो। 

अहिले बैंकहरू ठूला ऋण दिन सक्ने अवस्था नरहेको बताउँदै आएका छन्। दुई करोडसम्म कर्जा भने प्रवाह गरिरहेको सिभिलका सीईओ पोखरेलले बताए। 

कोभिडका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा कर्जाको माग अत्यधिक बढेको छ। जसले निक्षेपको तुलनामा कर्जा अत्यधिक बढेको छ। कुल निक्षेप १ खर्ब १० अर्ब वृद्धि हुँदा कुल कर्जा ४ खर्ब २४ अर्ब बढेको छ। राष्ट्र बैंकले कर्जा वृद्धिदर २० प्रतिशतसम्म तोकेको छ। कर्जाको अनुपातमा निक्षेप बढ्न नसक्दा लगानीयोग्य पुँजी अभाव (तरलता समस्या)को स्थिति आएको हो।  यही असन्तुलनले गर्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले सीमा नाघिरहेको छ। माघ ७ गतेसम्म यस्तो अनुपात औसत ९०.४३ प्रतिशत पुगेको छ। 

राष्ट्र बैंकले चालू आवको असारसम्ममा सीडी रेसियो ९० प्रतिशतमा कायम गर्न निर्देशन दिएको छ। सीमासम्म ल्याउन बैंकहरूलाई चुनौती छ। तोकिएको समयमै सीमामा ल्याउन सकिनेमा विश्वस्त रहेको बैंकर्स बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.