सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार विजयी

धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिमबाट काँग्रेसका नारायण दत्त मिश्र, नेकपा एकिकृत समाजवादीकी मदन कुमारी शाह(गरिमा) र नेकपा माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्। 

अन्यबाट नेपाली काँग्रेसका नेता नारायणदत्त मीश्र विजयी भएका हुन्। उनले प्रदेश सभातर्फ ३९ मत अथवा १८७२ मतभार र स्थानीय तर्फ १०४ मत अथवा १८७२ मतभारका साथ राष्ट्रिय सभामा जितेका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेश सभा तर्फ १३ मत अथवा ६२४ मतभार र स्थानीय तहतर्फ ७१ मत अथवा १२७६ मतभार प्राप्त गरे।

यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह(गरिमा) विजयी भएकी छिन्। उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार छाया कुमारी थापा (सन्तोष)ले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्।

गठबन्धनबाटै उमेदवार बनेका नेकपा माओवादी केन्द्रका जगत पार्की पनि विजयी भएका छन। उनी प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन्। 

राष्ट्रिय सभाका लागि सुदूरपश्चिममा सत्तापक्षीय दलहरुको गठबन्धन भएको थियो। सत्ता गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लैले उम्मेदवारी दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.