मधेस प्रदेशमा बल्ल मतगणना सुरु

मधेस प्रदेशमा बल्ल मतगणना सुरु

जनकपुरधाम: राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन्। प्रदेशसभातर्फ १ सय २ र स्थानीय तहतर्फ २ सय ६४ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए। प्रदेश सभा सदस्यतर्फ २ जना र स्थानीय तहतर्फ ४ जनाले मत खसाल्न नसकेको उनले जानकारी दिए।

प्रदेशसभा सदस्यतर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मत खसालेका छन्। प्रदेशसभा सदस्यतर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्द बहादुर न्यौपाने र पर्साबाट जनता समाजवादी पार्टी नेपालका समानूपातिक सांसद रागिनी देवी वरनवाल अनुपस्थित थिए।

राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा ४ दलबाट ५ जनाको उम्मेदवारी परेको थियो। चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १-१ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ तथा नेकपा एमालेबाट २ जनाले उम्मेदवारी दिएका थिए।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन्। त्यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन्।

लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा उम्मेदवारी दिएकी छन्। त्यस्तै नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दिएका छन्।
मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो। लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.