जनमत पार्टीका ७ जना पक्राउ, मुद्दा चलाउने तयारी
जनकपुरधाम : मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। बुधवार जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको छ। जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित मतदान स्थल प्रवेश गर्न खोज्दा झडप भएको हो।
मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ८ वटा गाडीमा तोडफोड भएको छ। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले पक्राउ परेका सातै जना विरुद्ध मुद्दा चलाइने बताए। उनले भने, ‘पक्राउ परेका सबैजना विरुद्ध कानून अनुसार मुद्दा चलाइन्छ।’
झडपको क्रममा प्रहरी तर्फ चारजना समेत घाइते भएको छन् । धनुषा प्रहरीले भने आन्दोलनकारी तर्फ कतिजना घाइते भएको अहिले जानकारी नभएको जनाएका छन् । आन्दोलनकारीहरुले प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख सवार गाडीमा मात्र नभई चिकित्सकको गाडीमा समेत तोडफोड गरेका छन् ।