मधेस प्रदेशमा माओवादी केन्द्रकी अर्याल विजयी
जनकपुरधाम: मधेस प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन्। सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भएकी हुन्।
एमाले-लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपा कुमारी यादवले ३ हजार २ सय २८ मतभारमात्रै ल्याउन सकिन्। महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीयतर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।