लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

दाङ: राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। तीन सदस्यमा लागि भएको लुम्बिनी प्रदेशको निर्वाचनमा तीनै पद गठबन्धनका उममेदवारले जित निकालेका छन्। 

लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

विजयी शर्माले ४३४४ मतभार प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए। महिलातर्फकी उम्मेदवार गैरेले ४,३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मतभार प्राप्त गरेकी छन्। दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन्।

निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तहतर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ। प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरुले ४५ जनाको मत पाएका छन् भने एमालेका उम्मेदवारले ३६ मत पाएका छन्। 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदातामध्ये २९४ मत खसेको थियो। स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो। राष्ट्रिय प्रजातन्त्र पाटीले निर्वाचन बहिस्कार गरेको छ। राप्रपामा लुम्बिनीमा दुई जना पालिका स्तरका मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.