कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

सुर्खेतः राष्ट्रिय सभा सदस्यका भएको निर्वाचनमा कर्णालीमा गठबन्धनले जित हात पारेको छ। बुधबार सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तीनै जना विजयी भएका हुन्। नेकपमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका छन्। गुरुङ र विस्ट सुर्खेतका हुन् भने बोहरा सल्यानका हुन्। सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार गुरुङले दुई हजार नौ सय ७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन्। यस्तै तीन मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

पराजित भएका एमालेका गंगा थापा महतले एक हजार चार सय १६, पदमबहादुर माझीले एक हजार तीन सय ९८ र चुडामणि शर्माले एक हजार चार सय १६ मतमात्र प्राप्त गरेका छन्। बुधबार बिहान ९ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भएको थियो। निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र पालिकाका एक सय ५६ जना पदाधिकारीमध्ये एक सय ५५ जनाको मत खसेको थियो। राप्रपाका प्रदेशसभा सदस्य शोशीला शाही र कालिकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली मतदानमा सहभागी भएनन्। कर्णालीमा राष्ट्रिय सभा सदस्यको तीन पदका लागि निर्वाचन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.