जम्मु–कास्मिरमा हिमपातपछि पहिरो, राजमार्ग अबरुद्ध

जम्मु–कास्मिरमा हिमपातपछि पहिरो, राजमार्ग अबरुद्ध

श्रीनगर : भारत नियन्त्रित राज्य जम्मु–कास्मिरमा हिमपातपछि पहिरो गएको छ। राज्यको रामबन जिल्लामा बुधबार हिमपातका कारण पहिरो गएको हो।  

सो पहिरोका कारण कास्मिरलाई भारतका अन्य भूभागसँग जोड्ने एकमात्र जम्मु–श्रीनगर राजमार्ग अवरुद्ध बनेको भारतिय मिडियामा खबर छ। करिब २७० किलोमिटर लामो सो सडक खण्ड हरेक मौसममा खुल्ने सडक खण्ड भएको बताइएको छ। सो सडक खण्डको डुग्गि पुल्लि क्षेत्रमा पहिरो गएको हो। पहिरो हटाउन प्राविधिक टोली खटाइएको बताइएको छ। 

यसअघि गएको आइतबार हिमपातका कारण चन्देरकोटे र राम्सु क्षेत्रमा पहिरो गएको थियो। सो पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको थियो। हिमपातका कारण जम्मु कास्मिर क्षेत्रका विभिन्न भेगको तापक्रम माइनस ११ डिग्रि सेल्सियसमा झरेको र सो क्षेत्रको जनजिवन कठिन बनेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.