काठमाडौंमा कोठाभित्र कोइला बालेर सुतेका दम्पती मृत फेला

काठमाडौंमा कोठाभित्र कोइला बालेर सुतेका दम्पती मृत फेला

काठमाडौं : शंखरापुर नगरपालीका ३ बोजेनी काठमाडौंमा दम्पती मृत भेटिएका छन्। खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४७ वर्षीया फुलकुमारी थिङको मृत्यु भएको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनीहरु आफू बसेको घरको कोठामा मृत भेटिएका हुन्। कोठामा कोइला बालेको देखिएको छ। बिहान ७ बजेसम्म पनि निजहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सुर्यबहादुर थिङले ढोका फुटाइ हेर्दा उनीहरुको मृत्यु भैसकको थियो। 

मैनाली भन्छन्, 'थिङ दम्पती मृत भएको कोठाको झ्याल ढोका बन्द थियो। त्यस माथि पर्दा लगायको। कोठामा भएको सानो प्वालमा पनि सनपाटको बोराले ढाकेका थिए। थिङ दम्पती शंखरापुरमै होटल व्यवसाय गर्दथे।' 

घटनाबारे अनुसन्धान भैरहेको बताउँदै मैनालीले कोइला बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको हुनसक्ने बताएका छन्। घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी वृत बौद्धको टोली र महानगरीय अपराध महासाखाबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो। लाशलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.