बर्दियामा चोर समाउन प्रहरी सक्रिय

बर्दियामा चोर समाउन प्रहरी सक्रिय

गुलरिया: पछिल्लो समय बर्दियामा चोरीका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ। एक महिनाको अन्तरालमा ठूल्ठूला चोरीका घटना हुन थालेपछि प्रहरीले अभियान नै थालेर सक्रियता बढाएको हो।

सुनचाँदी पसल लुटपाट गर्ने गिरोह पत्ता लगाई कारबाहीको माग गर्दै बर्दियाका सुनचाँदी ब्यवसायीले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र नै बुझाए। बर्दिया सुनचाँदी संघ बर्दियाका अध्यक्ष हर्के सुनारका अनुसार गत पुस २२ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बग्नाहास्थित शिव सुनारको नारायण सुनचाँदी पसलबाट राति १ बजेको समयमा सटर फोडी घरभित्र पसी १३ लाख ७१ हजार रुपैँया बराबरको सुनचाँदी तथा नगद लुटपाट भयो। ठाकुरबाबाको घटना एकसाता नबित्दै बढैयाताल गाउँपालिका वडा नम्वर ८ शितला बजार स्थित बर्दिया सुनचाँदी ब्यवसायीको घरमा पसी घरका परिवारलाई कुटपिट गरी बन्धक बनाई ४ लाख ५५ हजार रुपैँया बराबरको नगद तथा गरगहना लुटपाट भयो। 

'यसले हामी अत्यन्त मर्माहत छौं। अविलम्ब आपराधिक क्रियाकलाप नियन्त्रणसँगै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग हाम्रो छ,' सुनारले भने।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अपराधिक गिरोह पत्ता लगाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि मिडियालगायत आम नागरिकलाई सहयोग गर्न अपिल गरे। 
'जिल्लामा हुने चोरीका घटनाहरु नियन्त्रणगर्दै चोरी कार्यमा संलग्न ब्यक्तिहरुलाई पक्रन हामीले प्रहरी सक्रियता अघि बढाएका छौं,' जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। 'गस्ती बढाएका छौं। अलग्गै प्रहरी परिचालन गरेका छौं। सीमा क्षेत्रमा पनि कडाईका साथ शोधखोज कार्य अघि बढेको छ,' उनले भने। 

उनले बारबर्दिया नगरपालिका वडा नम्वर ७ मा रहेको किराना पसलको भित्ता फोडी नगद तथा रिचार्ज कार्डहरु गरी २३ हजार रुपैँया बराबरको धनमाल चोरी गरी फरार रहेका सोही निवासी छविलाल जैसीलाई नियन्त्रणमा लिएको बताए।

मधुवन नगरपालिका वडा नम्बर ५ स्थित घरबाट कोही नभएको समयमा घरभित्र पसी बाकस तोडफोड गरी २ लाख ४० हजार रुपैँया बराबरको नगद तथा सुनका गरगहना चोरी फरार रहेका मधुवन ६ निवासी २१ बर्षिय बिशाल खड्का र विजय खड्का, वडा नम्वर ८ का २२ वर्षीय सुरज वलीलाई नेपालगञ्ज तथा बर्दियाको सानोश्री क्षेत्रबाट नियन्त्रणमा लिई चोरीसम्बन्धी कसुरमा मुद्दा चलाई आवश्यक अनुसन्धान अघि बढाएको समेत उनले बताए। 

एसपी कार्कीले थपे बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ५ शान्ति टोलमा बासुदेव पौडेलको घर अगाडी ठड्याएको अवस्थामा राखिएको बढैयाताल गाउँपालिका वडा नम्वर ३ सिमरा निवासी ३० वर्षीय बामदेव पौडेलको भे१०प ६४८५ नम्बरको स्कुटी चोरीको आरोपमा बढैयाताल गाउँपालिका वडा नम्वर ५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियारलाई नियन्त्रणमा लिएको बताए। स्कुटी बाँसगढी स्थित सालघारी सामुदायिक बन नजिकै फेला पारी स्कुटीसहित पक्राउ गरेको उनले बताए। विशेष गरी लागुऔषधको कुलतमा फसेका युवाहरु चोरी कार्यमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.