संसारकै वृद्ध गुरिल्लाको मृत्यु

संसारकै वृद्ध गुरिल्लाको मृत्यु

एटलान्टाः संसारकै वृद्ध पुरुष गुरिल्लाको मृत्यु भएको छ। ओज्जी नाम गरेको सो गुरिल्लाको ६१ वर्षको उमेरमा जर्जियास्थित एटलान्टा चिडियाखानामा मृत्यु भएको हो। 

गुरिल्लाको मृत्युबारे चिडियाखानाका अधिकारीहरुले जानकारी दिएका हुन्। सो गुरिल्लाको गएको मंगलबार मृत्यु भएको र गुरिल्लाको मृत्युको कारण भने पत्ता नलागेको अधिकारीहरुले जनाएका छन्। 

यद्यपि, ओज्जीको अनुहार सुन्निदै गएको र केहि दिनदेखि खानेकुरा खान नसक्ने अवस्थामा पुगेको चिडियाखानाका अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। सोही कारण ओज्जीको मृत्यु भएको हुनसक्ने बताइएको छ।

ओज्जी संसारकै वृद्ध पुरुष गुरिल्ला हो भने संसारको तेस्रो वृद्ध गुरिल्ला हो। लोल्याण्ड गुरिल्ला सुचीमा पर्ने सो प्रजातिको गुरिल्ला संसारमा लोपोन्मुख अवस्था रहेको बताइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.