गठबन्धनको मतक्रस गम्भीर कमजोरी भएको स्वीकार

गठबन्धनको मतक्रस गम्भीर कमजोरी भएको स्वीकार

पोखरा: राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा आफ्ना उम्मेदवारलाई भएभन्दा कम मतभार आउनु गम्भीर कमजोरी भएको सत्ता गठबन्धनका साझेदार दलको निष्कर्ष छ । चुनावमा गठबन्धनका उम्मेदवारले गठबन्धनमा आवद्ध दलका मतदाताको मतभारभन्दा कम मत पाएका थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका बहुमत अर्थात ३१ सांसद छन् । तर कांग्रेस उम्मेदवारलाई २९ र माओवादी उम्मेदवारलाई २९ र ३० सांसदको मात्रै मत आएको थियो । विपक्षी एमालेका २७ सांसद छन् । तर उनीहरुका उम्मेदवारलाई त्यसभन्दा बढी सांसदको मत आएको थियो ।
 

राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेपाली कांग्रेसकी नेतृ कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र अन्यबाट माओवादीकै सुरेश आलेमगर विजयी भए । उनीहरुसँग एमाले उम्मेदवार क्रमशः लीला थनेत, अर्जुन सुनाम र पुण्यप्रसाद पौडेल प्रतिस्पर्धामा थिए । कमलाले ३०४८, भुवनले पनि त्यत्ति नै र सुरेशले ३०९६ मत पाए । एमालेकी लीला र अर्जुनको २७२४÷२७२४ र पुण्यको २६९४ मतभार आएको थियो ।  
 
अन्तर्घात असफल नै भए पनि सत्ता गठबन्धनले उक्त निर्वाचन परिणाममाथि समीक्षा गरेको छ । गठबन्धन दलका नेताहरुले बिहीबार समीक्षा बैठकपछि विज्ञप्ति जारी गर्दै कम मत आउनु गम्भीर कमजोरी भएको स्वीकारेका छन् । ‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमी, कमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय भयो,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङ, नेकपा एसका गण्डकी सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी अध्यक्ष शंकर बराल र जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

गठबन्धनका केही मतदाताले एमाले उम्मेदवार मत दिए पनि गण्डकीमा ३ जनै गठबन्धनका उम्मेदवारी विजयी भएका थिए । सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार गण्डकीबाट राष्ट्रिय सभा सदस्य चुनिएका छन् ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्य रहेको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष पनि निकालेको छ । आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन लागेका नेता, कार्यकर्ता एवं मतदातालाई बैठकले धन्यवाद दिएको छ । नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्दै लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन पनि बैठकले अनुरोध गरेको छ ।
 
गण्डकी प्रदेश सभामा कांग्रेससहितका गठबन्धनका ३१ सांसद छन् । गण्डकीमा ८५ स्थानीय तह छन् । प्रदेश सभामा एमाले सांसद संख्या २७ छ । तर कांग्रेसकी पन्त, माओवादीका सुनारलाई उनीहरुको पार्टीका गठबन्धनका प्रदेश सभाका ३१ मध्ये २ सांसदले मत हालेनन् । आलेलाई पनि १ मत कम आयो ।
 
पन्त र सुनारलाई प्रदेश सांसद २९ जनाको मात्रै मत परेको थियो । उनकी प्रतिस्पर्धी एमालेकी थनेतलाई आफ्नो पार्टीका २७ र बाँकी २ गरी २९ जना प्रदेश सांसदको मत आएको थियो । सुनामलाई पनि प्रदेश सांसद २९ जनाले मत हालेका थिए । अन्यतर्फको निर्वाचनमा एकजना प्रदेश सांसदको मत बदर भएको थियो । आलेमगरले भने ३० सांसदको मत पाए । एमालेका पुण्य पौडेललाई प्रदेश सभामा भएका २७ एमाले सांसदभन्दा १ बढी २८ जनाको मत आयो ।
 
माओवादीका आलेमगर र एमालेका पौडेललाई स्थानीय तहका तर्फबाट क्रमशः ९२ र ७५ जनाले मत हाले । यो निर्वाचनमा प्रदेश सांसदको ४८ र स्थानीय तह प्रमुख-उपप्रमुखको १८ मतभार हुन्छ । गण्डकीको प्रदेश सभामा ५९ सांसद छन् । ८५ स्थानीय तह छन् । कांग्रेसकी कमला पन्तलाई स्थानीय तहका प्रमुख, उपप्रमुख ९४ जनाको मत आएको निर्वाचन परिणामले देखाएको छ । उनकी प्रतिस्पर्धी लीला थनेतालाई ७४ जनाको मत परेको थियो । माओवादीका भुवन सुनारले स्थानीय तहका ९२ जनाको मत पाए भने एमालेका अर्जुन सुनामले ७४ जना स्थानीय तह प्रमुख उपप्रमुखबाट भोट पाए । 

निर्वाचनमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख राजु विष्ट र बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का अनुपस्थित भएका थिए । विष्ट एमाले र खड्का राप्रपा हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.