भोजपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

भोजपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

भोजपुर : दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए।

ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ। भोजपुरबाट धरान जाँदै गरेका उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिएको छ। दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.