विश्व पर्यटनमा सुधार

विश्व पर्यटनमा सुधार

 काठमाडौं : अन्तर्राष्ट्रिय पर्यटनमा ४ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को पछिल्लो ६ महिनादेखि अन्तर्राष्ट्रिय पर्यटन उकालो लागेको हो। सन् २०२० को तुलनामा गत वर्ष झिनो सुधार भएको छ।

यो पूर्व–महामारी (सन् २०१९) भन्दा ७२ प्रतिशत कम हो। खोपको उपलब्धता, सीमापार समन्वय र यात्रा प्रतिबन्ध सहज बनेपछि पर्यटनमा सुधार देखिएको विश्व पर्यटनको बारोमिटरले देखाएको छ। तर, पर्यटनमा बढी निर्भर रहेका एसिया र प्रशान्त क्षेत्रको आगमन सन् २०२० को तुलनामा ६५ र कोरोनापूर्वको समयभन्दा ९४ प्रतिशत कम छ। कोरोना महामारीका कारण सन् २०२० लाई विश्व पर्यटन इतिहासमा कालो वर्षको रूपमा पनि लिइन्छ। तथ्यांकअनुसार डिसेम्बरमा अन्तर्राष्ट्रिय आगमन सन् २०१९ भन्दा ६५% कम थियो। 

ढिलो र असमान रिकभरी

प्रतिबन्ध कायम नै रहनु, खोप दर कम हुनुु र यात्रु निर्धक नहुनुले रिकभरीको गति सुस्त र असमान भयो। युरोप र अमेरिकामा २०२० भन्दा २०२१ मा क्रमशः १९ र १७% पर्यटन बढेको देखिन्छ। यो पूर्वमहामारीभन्दा ६३% कम हो।सबैभन्दा धेरै पर्यटक क्यारिबियन क्षेत्रमा बढेका छन्। त्यहाँ ६३ प्रतिशतले पर्यटनमा सुधार भएको छ। २०१९ को तुलनामा भने यो ३७ प्रतिशत 
कम हो। 

दक्षिणी भूमध्यसागरीय युरोपमा ५७% र मध्य अमेरिकामा ५४% सुधार भएको छ। तर २०१९ भन्दा क्रमशः ५४% र ५६% कम छ। उत्तरी अमेरिका १७% र मध्य पूर्वी युरोपमा १८% वृद्धि देखिएको छ। यसैबीच, अफ्रिकाले २०२० को तुलनामा २०२१ मा १२% ले आगमन वृद्धि गर्‍यो। मध्यपूर्वमा भने २०२० को तुलनामा २४% र २०१९ भन्दा ७९% गिरावट आएको छ।  यहाँ यात्रा प्रतिबन्ध कायमै रहेकाले अन्तर्राष्ट्रिय आगमन नबढेको तथ्यांकले देखाएको छ। 

पर्यटन खर्चमा वृद्धि
विश्व अर्थतन्त्रमा सन् २०२१ मा पर्यटनको योगदान १.९ ट्रिलियन अमेरिकी डलर छ। २०२० मा १.६ र २०१९ मा ३.५ ट्रिलियन डलर थियो।  पर्यटन क्षेत्रबाट भएको राजस्वमा वृद्धि भएको छ। पर्यटकले प्रत्येक यात्रामा खर्च बढाएकाले सन् २०२१ मा ७ सय बिलियन डलर राजस्व संकलन भएको छ। यद्यपि सन् २०१९ मा पर्यटन क्षेत्रको राजस्व संकलन १.७ ट्रिलियन डलर थियो। विश्व पर्यटन संगठनका विज्ञ प्यानलका ६१ प्रतिशत सदस्यले यो वर्ष परिस्थिति सुध्रिने अपेक्षा गरेका छन्। २०२२ को तेस्रो त्रैमासिकमा मात्रै ५८ र २०२३ मा ४२ प्रतिशत सुधारको प्रक्षेपण गरिएको छ। यस्तै, बहुसंंख्यक ६४% विज्ञले अन्तर्राष्ट्रिय आगमन २०२४ वा त्यसपछि मात्रै २०१९ स्तरमा फर्किने अनुमान गरेका छन्। 

यूएनडब्लूटीओ कन्फिडेन्स इन्डेक्सले अब अप्रिलसम्म पर्यटनमा गिरावट हुने देखाएको छ। त्यसपछि मात्रै सुधार हुन्छ। विज्ञका अनुसार द्रुत र व्यापक खोप रोल–आउट, यात्रा प्रतिबन्ध, अधिक समन्वय र यात्रा प्रोटोकलमा स्पष्ट जानकारीले विस्तारै वृद्धि हुनेछ।  इन्डेक्सले गत वर्षभन्दा अन्तर्राष्ट्रिय पर्यटक आगमन ३०% देखि ७८% सम्म बढ्न सक्ने संकेत गरेको छ। यद्यपि यो पूर्वमहामारीभन्दा ५०% देखि ६३% भन्दा कम हो।  
ओमिक्रोन भेरिएन्टले रिकभरीमा बाधा पुर्‍याउने र २०२२ को सुरुआतमा आत्मविश्वासलाई असर गर्ने भनिएको छ। किनभने केही देशले निश्चित बजारका लागि पुनः यात्रा प्रतिबन्ध लगाएका छन्। 

एकै समय समान रूपमा खोप रोल–आउट गर्न नसक्नु र धेरै गन्तव्य अझै पनि बन्द हुनुले एसिया र प्रशान्तमा पर्यटन सुधार हुन समय लाग्ने देखिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मुद्रास्फीतिमा वृद्धि, ब्याजदरमा सम्भावित वृद्धि, उच्च ऋण मात्रा र आपूर्ति शुंखलामा निरन्तर अवरोधजस्ता कारणले पनि पर्यटनलाई सुधार हुन बाधा उत्पन्न गर्ने देखिन्छ। यद्यपि व्यापक खोप रोलआउट र यात्रा प्रतिबन्ध हटाउँदै उपभोक्ता विश्वास पुनस्र्थापित गर्नुुपर्ने देखिन्छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.