बर्दियामा बाघ दोब्बर बनाए बापत अवार्ड

बर्दियामा बाघ दोब्बर बनाए बापत अवार्ड

गुलरिया : विश्वबाटै लोपोन्मुख बन्यजन्तुको सूचिमा रहेको पाटेबाघ दोब्बर बनाउन सन् २०१० मा बाघ पाईने देशहरुले रुसको सेन्टपिटर्सवर्गमा गरेको प्रतिवद्धता अनुरुप नेपालमा पाटेबाघको संख्या बढेपछि टीएक्सटु अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ। विश्वबन्यजन्तु कोष (डब्लुडब्लुएफ) सम्मिलित अन्र्तर्राष्ट्रिय संघसंस्थाहरुले नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग दुवैलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। 

नेपालसँगै भारतको सत्यमंगलम टाईगर रिजर्वलाई पनि पुरस्कृत गर्न लागिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। विश्वमा बाघको संख्या दोब्बर पार्ने देशहरु अन्र्तगत नेपालका राष्ट्रिय निकुञ्जहरु मध्ये बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका जैविक मार्गहरु मध्ये भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने बर्दियाको खाता जैविकमार्गलाई पुरस्कृत गर्ने घोषणा भएको हो। 

उनले भने बाघ दोब्बर पार्न संरक्षणमा स्थानिय समुदायको अपनत्व ग्रहणगर्दै जैविक मार्गले योगदान गरे बापत पुरस्कृत गरेको छ। निकुञ्जमा बाघ संरक्षणका लागि घाँसे मैदान, पानी पोखरी ब्यवस्थापन लगायत चोरी शिकार नियन्त्रणको परिणाम स्वरुप बाघ बृद्धि भएको छ। स्थानिय समुदाय, सरकार, मिडिया, नागरिक समाज सबैको संरक्षणमा भएको सहकार्यको प्रतिफलस्वरुप बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तर्राष्ट्रियस्तरबाट पुरस्कृत हुन पाउँदा हामी धेरै हर्षीत छौं। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणका लागि उल्लेख्य कार्य गरेको डब्लुडब्लुएफ लगायतका संस्थाहरुले सार्वजनिक गरेका छन्।

आगामी सेप्टेम्वरमा रुसमा गरिने बाघ संरक्षण सम्वन्धी समारोहको अवसर पारेर अवार्ड प्रदान गरिने बुझिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको कन्जरवेशन अवार्ड पाउने भएपछि संरक्षणकर्मीहरु उत्साहित छन्। बर्दियामा सन् २००९ मा १८ वटा मात्र पाटेबाघ थिए। प्रतिवद्धतापछि हाल बर्दियामा करिव ९० वटा पाटेबाघ छन्। पछिल्लो तथ्यांक अनुसार नेपालमा चितवन (९३), बर्दिया (८७), बाँके (२१) पर्सा (१८) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (१६) गरी २ सय ३५ वटा पाटेबाघ छन्। नेपालमा बाघ गणना भैरहेकोले बाघको तथ्यांक बढ्ने अनुमान गरिएको छ।

बाघलाई पारिस्थितिकिय प्रणालीको सूचक मानिन्छ। बाघ पाईने जंगल जैविकविविधता भरिपूर्ण हुने भएकाले पनि यसको संरक्षण जरुरी छ। यस अघिपनि बर्दिया राष्ट्रिय निकुञ्जले २०१९ सस्टेनएवल टप १०० डेस्टिनेशन अवार्ड प्राप्त गरिसकेको छ। निकुञ्जले पाएको अन्र्तर्राष्ट्रिय ख्यातीबाट विश्वमा बर्दियाको पहिचान बढ्ने विस्वास उनको छ। अवार्डबाट बर्दियाको विश्वभरी बाघ हेर्ने गन्तब्यको रुपमा पहिचान बनाएको छ। यसरी पहिचान बढ्दा कोभिड पछिको सामान्य अवस्थामा विदेशी पर्यटकहरु भित्रिने आशा गरिएको अधिकृत श्रेष्ठले सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.