नेपाल रेल्वे कम्पनीमा तालाबन्दी

नेपाल रेल्वे कम्पनीमा तालाबन्दी

जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडको जनकपुरधामस्थित कार्यालयमा तालाबन्दी गरिएको छ। ज्यालादारका रुपमा काममा खटाउने भनिएका १ सय ५१ जना कर्मचारीलाई बिना कारण हटाएर नयाँलाई नियुक्त गरेको विरोधमा पुराना कर्मचारीहरुले रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

रेल्वे कर्मचारी संघर्ष समितिका मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विना कारण आफूहरुलाई हटाएको विरोधमा तालाबन्दी गरेको बताए। उनले भने, ‘दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आएको छु, कही कतै सुनुवाइ नभएपछि कम्पनीको कार्यालयमा बाध्यतावश तालाबन्दी गरेको हुँ।’ उनले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको र प्रजिअ पौडेलले रेल्वेका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको दुःखेसो पोखे।

महाप्रबन्धक निरञ्जन झाले ५५ जना नयाँ कर्मचारीलाई नियूक्त गरी पूरानो कर्मचारीलाई अवमुल्यन गरेर पुनः नयाँ तालिम दिन सञ्चालन गरेपछि पूराना कर्मचारीहरु आन्दोलित भएको हो। नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरुले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन्।

पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफू अनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए। उनले भने, ‘गोप्य रुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरूलाई राख्नु र पुरानो कर्मचारीलाई पाखा लगाउनु असहनीय हो, हामीले तीन महिनाको तालिम लिएको आफूहरुको रेल्वेमा नखटाए कानूनी कारवाहीमासमेत जान्छौं।’

यता प्रबन्धक झाले कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे। महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीलाई हटाएका थिए। रेल सञ्चालनको टँुगो नलागेको भन्दै पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १ सय ५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले हटाएका थिए।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो। गत असोज ३ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आएपनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.