कोरोना लागेका दम्पतीले धुवाँको गन्ध थाहा नपाउँदा घर जलेर खरानी

कोरोना लागेका दम्पतीले धुवाँको गन्ध थाहा नपाउँदा घर जलेर खरानी

टेक्सासः कोरोनाको उपचारार्थ एक दम्पतीले धुवाँको गन्ध थाहा नपाउँदा आफ्नै घर जलेर खरानी भएको हेर्नुपरेको छ। घरमै कोरोनाको उपचार गरिरहेका सो दम्पतीले घरमा आँगलागी हुँदा पनि धुँवाको गन्ध थाहा नपाउँदा सो अवस्था व्यहोर्नुपरेको हो।

सो घटना अमेरिकी राज्य टेक्सासस्थित एल्भर्ड टाउनको हो। गएको आइतबार श्रीमती कायला र श्रीमान नाथन डाहल राति आफ्नै घरमा सुतिरहेको समयमा सो घटना भएको हो। घटना हुने समयमा डेढ वर्षे बालक ब्रान्डन डाहल सो दम्पती सुतिरहेको ओछ्यानमा बामे सर्दै पुगेका थिए। तोते बोलीमा ‘मम्मा तातो’ भन्दै आफ्ना आमाबुबा छेउँ पुगेका ती बालकले सपरिवार सखाप हुनबाट जोगाएको वासिङ्टन पोष्टमा खबर छ।

भागेर अन्य सन्तानसहित आफ्नो ज्यान जोगाउन सफल भए पनि सो दम्पतीले आफ्नो एक तले घर भने जोगाउन सफल भएनन्। पाँच सन्तानसहित हाल सो परिवार आफन्तको घरमा बसोबास गरिरहेको बताइएको छ।

सो दम्पतीमा गएको शुक्रबार मात्र कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। कोभिड-१९ ले थला परेको सो दम्पतीले घरमै उपचार गराइरहेको थियो। कोभिडका कारण स्वाद, गन्ध र वास्ना थाहा नपाएका कारण सो दम्पतीले आफ्नो घर नै गुमाउनु परेको बताइएको छ।

‘सुरुमा मैले बुझे, छोराले लुगा फुकाल्न भनिरहेको होला। तर उसले घर जलिरहेकोबारे भन्न खोजिरहेको छ भन्ने कुरा एकछिनपछि मात्र थाहा भयो,’ २८ वर्षीय कायलाले वासिङ्टन पोष्टसँग भनेकी छन्, ‘हामी कोभिडबाट निको भइरहेका थियौं। दुवैले स्वाद र गन्ध केही थापा नपाउने अवस्थामा थियौं। जसका कारण घर गुम्यो। तर छोराको कारण हामीले आफ्नो ज्यान भने जोगाउन सफल भयौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.