स्याङ्जामा एक वर्षमा थपिए ९ जना कुष्ठरोगी
स्याङ्जा : स्याङ्जामा कुष्ठरोगका बिरामी १४ जना रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ। अघिल्ला केही वर्षमा ५ जना रोगी देखिएकोमा चालु आर्थिक वर्षमा ९ जना थप भएको कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्।
‘शून्य कुण्ठरोगका लागि हाम्रो प्रतिवद्धता, आत्मसमानका लागि एक्यैवद्धता’ भन्ने नाराका साथ आइतबार विश्व कुष्ठरोग दिवसमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रमुख शर्माले सो जानकारी दिएकी हुन्।
उपेक्षित रोगअन्र्तगत पर्ने कुष्ठरोग सर्ने र नसर्ने २ प्रकारका हुन्छन्। माइक्रोब्याक्टेरियम भन्न किटाणुबाट मानिसमा सर्छ। यो रोग लागेमा शरीरमा लाटोफुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने, कानका लोती बाक्ला हुने, चेतना नभएका दाग तथा घाउ हुनु यसका मुख्य लक्षण रहेको क्षयकुष्ठ अधिकृत विष्णु सुवेदी भन्छन्।
उनले थपे, ‘यो रोग लागेमा ९५ प्रतिशत लड्न सक्ने क्षमता हुन्छ। त्यसमा पनि चार प्रतिशत निको हुन्छ भने एक प्रतिशतमात्र रोगी हुन्छन्। नेपालमा पनि शून्य दशमलब ६९ प्रतिशत मात्र कुष्ठरोगी छन्।
दश लाख जनसंख्यामा १ जनाभन्दा कम गर्ने र जन्मेदेखि १४ वर्ष उमेर समूहमा कुष्ठरोग शून्यमा झार्ने सरकारी लक्ष्य हुन्। २०६६ सालमा कुष्ठरोग निवारण गरे पनि बर्षेनी ३ हजारका संख्यामा नयाँ रोगी देखिदै आएको कार्यालयले जनएको छ।
स्वस्थ्यकर खानपान, आहार बिहार, सरसफाइलगायतमा ध्यान दिँदै जनस्तरसम्म सूचना प्रवाहगरी सबैलाई सचेत गराउनुपर्ने जिल्ला समन्वय समिति प्रमुख ऋषिराम आचार्यले बताए। यसैगरी, आइतबार स्याङ्जामा पहिलोपटक कुष्ठरोग दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठनले सूचिकृत गरेका २० प्रकारका उपेक्षित रोगमध्ये नेपालमा डेंगी, कालाजार, हात्तिपाइले, कुष्ठरोग, रेविज, लुतो, जुका, सर्पका टोकाइ, नाम्ले जुका, ट्राकोमा, चिकेन गुनियालगायतका रोगहरु पर्छन्।