२४ वर्षपछि स्वदेश जाँदै अफ्रिकी हात्ती

२४ वर्षपछि स्वदेश जाँदै अफ्रिकी हात्ती

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीस्थित उच्च अदालतले करिब २४ वर्षपछि अफ्रिकी हात्तीलाई स्वदेश फिर्ता गराउने प्रतिज्ञा गरेको छ । अदालतले अफ्रिकी मुलुकबाट ल्याइएको शंकर नामक सो हात्तीलाई २४ वर्षपछि स्वदेश फिर्ता गराउने प्रतिज्ञा गरेको हो । 

करिब २४ वर्षअघि जिम्वाबे सरकारले पूर्व भारतीय राष्ट्रपति शंकर दयाल शर्मालाई दुई वर्षीय जंगली हात्ती उपहारस्वरुप दिएको थियो । उपहार दिएपछि सो हात्तीलाई भारतीय उडानमार्फत जिम्बाबेहुँदै राजधानी दिल्लीमा पुर्‍याइएको। शंकर नाम राखिएको सो हात्तीलाई दिल्ली चिडियाखानामा राखिएको थियो । 

सो अफ्रिकी हात्ती लामो समयदेखि चिडियाखानामा एक्लै भएको भन्दै गैर नाफामुखी संख्या युथ फर एनिमल्सकी संस्थापक १६ वर्षीया निकिता धावनले अदालतसमक्ष मुद्धा दायर गरेकी थिइन् । सो हात्ती वर्षौदेखि चिडियाखानाभित्र एक्लै कैद भएको र चिडियाखानाबाट मुक्त गराई आफ्नै बासस्थानमा पुर्नवास गराउन निकिताले माग गरेकी थिइन् । साथै चिडियाखानाका अधिकारीहरुले सो हात्तीमाथि गलत व्यवहार गर्ने आरोपसमेत लागेको छ । 

अदालतमा जारी सो मुद्धा हेरफेरपछि दिल्लीको उच्च अदालतले सो हात्तीलाई अफ्रिका फर्काउने बाचा गरेको बीबीसीमा खबर छ । भारतीय चिडियाखानामा रहेका दुईवटा अफ्रिकी हात्तीमध्ये बुम्बई नामक हात्तीको सन् २००५ मा कर्नाटक चिडियाखानामा मृत्यु भएको थियो । 

भारतमा हात्तीलाई महत्वका साथ हेरिए पनि हात्ती संरक्षण र रेखदेखमा उचित ध्यान नपुर्‍याउँदा समस्या हुने गरेको बताइएको छ । भारतमा व्यक्तिगत र अन्य स्वार्थका लागि विभिन्न माध्यममार्फत विभिन्न मुलुकबाट जंगली जनावरहरु भित्र्याउने गरेको जानकारहरुले बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.