घाइते अवस्थामा भेटिएका युवकको मृत्यु

घाइते अवस्थामा भेटिएका युवकको मृत्यु

काठमाडौं: काठमाडौंको महानगरपालिका-७ मित्रपार्कको ओरालोमा गम्भीर घाइते अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले आइतबार राति गौरीघाटको ओरालोमा रहेको माथिल्लो सडकको भित्तातिरको सडकमा ती युवक गम्भीर अवस्थामा भेटिएको बताए।

करिब २०-२२ वर्षीय ती युवक 'हलचल' गरिरहेको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी मैत्रीनगरस्थीत नेपाल-भारतमैत्री अस्पतालमा पुराइएको र राति १२ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

मैनालीका अनुसार मृतक युवकको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलबाट शंस्कास्पद दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ। प्रक्राउ पर्नेमा गुल्मी घर भइ हालः पशुपती क्षेत्रमा बस्ने वर्ष ३८ का रुद्रबहादुर केसी र उदयपुरका २८ वर्षीय सुरेश दर्नाल रहेका छन्। 

आइतबार राति उक्त स्थानमा केही युवाहरुले झगडा गरेको र एक आपसमा लखेटा लखेट गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। स्थानीयले प्रहरीलाई खबर गरेपछि ती युवक घाइते अवस्थामा भेटिएका थिए। प्रहरीले प्रक्राउ परेका व्यक्तिले नै हत्या गरेको हो-होइन भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ। युवकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.