६ महिनापछि पोखराका मेयरले सम्हाले कार्यभार

६ महिनापछि पोखराका मेयरले सम्हाले कार्यभार

पोखरा : मस्तिष्क घातपछि उपचार र आराममा रहेका पोखराका मेयर मानबहादुर जिसीले सोमबार महानगर कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। पुष अन्तिममा कोरोना संक्रमणसमेत भएका जिसी स्वास्थ्यमा सुधार आएपछि कार्यालय पुगेका हुन्। 

साउन १ गते मस्तिष्क घात भएपछि उनको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भएको थियो। अप्रेसनसमेत गरी उपचार गराएका उनी पछिल्लो समय फिजियोथेरापी गराउँदै आएका थिए। विस्तारै स्वास्थ्यमा सुधार आएपछि उनी अचेल ह्विचियरबिनै हिँडडुल गरी बाहिरफेर निस्कन सक्ने पनि भएका छन्। 

बिरामी भएको केही समयपछि मेयर जिसीले उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यबहाकको जिम्मेवारी सुम्पेका थिए। आफू फर्केर नआउँदासम्मका लागि भनेर जिसीले गुरुङलाई कार्यबहाक सुम्पिएका हुन्। अब भने मेयर जिसी आफैं कार्यभार सम्हाल्न गएका छन्। कार्यभार सम्हाल्न गएको दिन सोमबार उनी पोखरा ४ र ५ जोड्ने फिर्केपुल निर्माणको अवस्था बुझ्न महानगरपालिकाको एउटा टोलीसहित स्थलगत अवलोकनमा गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.