मुस्किलमा ज्याकलिन

मुस्किलमा ज्याकलिन

मुम्बई : पछिल्लो समय बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका लागि समय अनुकुल देखिएको छैन। महाठग सुकेश चन्द्रशेखरसँग नाम जोडिएदेखि नै ज्याकलिन विभिन्न समस्यामा पर्दै 

आएकी छन्।

सुकेशसँग नाम जोडिएपछि ज्याकलिनलाई मुम्बई विमानस्थलबाटै फर्काइएको थियो। त्यसपछि दुई सय करोड रुपैयाँको मनि लन्ड्रिङ मुद्दामा भारतको प्रवर्तन निर्देशनालयले उनीमाथि अनुसन्धान गरिरहेको छ। 

यो मुद्दा सतहमा आएपछि ज्याकलिन र सुकेशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चलेको थियो। यहीबीचमा सुकेशले करोडौं मूल्यका महंगा उपहार ज्याकलिनलाई दिएको समाचार पनि बाहिरिएको थियो। त्यसपछि ज्याकलिन र सुकेशबीचको गोप्य तस्बिर बाहिरिएको थियो। आफ्ना गोप्य तस्बिर बाहिरिएपछि तनावमा रहेकी ज्याकलिनले एक विज्ञप्ति जारी गर्दै आफ्ना व्यक्तिगत विषयलाई भाइरल नबनाइदिन आग्रहसमेत गरेकी थिइन्। दुई सय करोड रुपैयाँको मनि लन्ड्रिङको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ। प्रवर्तन निर्देशनालयले ज्याकलिन र नोरा फतेहीविरुद्ध मुद्दा दायर गरेको छ। 

त्यसैले अबका दिनमा ज्याकलिनले अदालतको चक्कर काट्नु त छँदैछ, उनको करियर पनि संकटमा पर्न थालेको छ। हालै दक्षिण भारतीय चलचित्र ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालिएको छ। दक्षिण भारतका चर्चित नायक अक्किनेनी नागार्जुनले निर्माण गर्न लागेको ‘द घोस्ट’बाट ज्याकलिन निकालिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.