नक्कली राहदानीमार्फत आइएस सदस्यले युरोप र अमेरिका प्रवेश पाउने गरेको खुलासा

नक्कली राहदानीमार्फत आइएस सदस्यले युरोप र अमेरिका प्रवेश पाउने गरेको खुलासा

इस्तानबुल : आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)का सदस्यले नक्कली राहदानीमार्फत युरोपेली र अमेरिकी मुलुक प्रवेश पाउने गरेको खुलासा भएको छ। गार्जियनको नयाँ अनुसन्धानले हालै सो खुलासा गरेको हो। 

आइएससँग जोडिएका सदस्यले आधिकारिक भिजा र यात्रा छापसहित बेलायत, युरोपेली संघ, क्यानडा र अमेरिकालगात मुलुक सहजै प्रवेश पाउने गरेको सोमबार सार्वजनिक अनुसन्धानले फेला पारेको हो। आइएसका सदस्यले सिरिया, टर्की, अफगानिस्तान लगायत मुलुकबाट नक्कली राहदानी र अन्य कागजातको आधारमा सहजै पश्चिमा मुलुक प्रवेश गर्ने गरेको बताइएको छ। 

टर्की, सिरिया र उज्वेकिस्तानमा रहेका विभिन्न राहदानी व्यापार सञ्जालहरुले विभिन्न मुलुकको नक्कली राहदानी उपलब्ध गराइदिने गरेको बताइएको छ। ति सञ्जालहरुले नक्कली राहदानी बनाइदिएवापत करिब १५ हजार अमेरिकी डलर असुल्ने गरेको तथ्य समेत सो अनुसन्धानले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.